- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।
बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ । यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन् ।
सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ । त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ । सिन्ह्वा