काठमाडौं । लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । सोमबार साँझ पौने ६ बजेपछि दोलखाको जुँगु नजिकै केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।
भूकम्पको धक्का महशुस भएपछि काठमाडौंका स्थानीय बाहिर निस्किएका थिए । २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि पराकम्पन आउने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि २०७२ वैशाख २९ मा सिन्धुपाल्चोकमै शक्तिशाली पराकम्पन आएको थियो ।