arrow

पहिरो प्रभावित क्षेत्र फालेलुङमा एकीकृत वस्ती निर्माण गरिने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ ६ मंगलबार
panchthar-district.png

पाँचथर । पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ मा अब एकीकृत वस्ती निर्माण गरिने भएको छ । सुरक्षति बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत वस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले वताए ।

जिल्ला दैविक प्रकोप उद्धार समितीको वैठकले फालेलुङ ३ को खोलाघारी,खोलागाउँ,विकटे,माङलेबुङका पहिरो बाट विस्थापित भएका १ सय १३ परिवारका लागि एर्कीकत बस्ती बसाउने निर्णय गरेको हो ।

अहिले पनि वर्षाद नरोकिएको  हुँदा त्यस भेगका स्थानीय छिमेकीको घर तथा विद्यालयको प्राङगणमा बस्न वाध्य छन् । अहिलेसम्म त्यस भेगका ७२ परिवारले मात्रै राहत पाएको स्थानीयहरु बताउँछन् । अझै ४१ परिवारले राहत पाउन सकेको छ्रैनन् । त्यस क्षेत्रमा जिल्ला दैविक प्रकोप उद्धार समिती र केन्द्रिय दैविक प्रकोप उद्धार समितबाट सोबार संयुक्त रुपमा लगेर राहात वितरण गरिँदैछ ।

अविरल वर्षादकै कारण गत साउन २७ गते फालेलुङ गाउँपालिका वडा नम्बर १,३,र ४ मा पहिरोले किचेर २ जनाको मृत्यु भयो भने २ जना अहिले पनि बेपत्ता छन् । वडा नम्बर १ का त्रिलोचन विक र वडा नम्बर ३ का बिष्णु भक्त राई उनको नातिनी प्रियाको शव भेटिएपनि अहिलेसम्म विष्णुभक्त राई र उनकी छोरी गंगाको भने शव भेटिएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ