arrow

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
tramp-aa.jpeg

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन्। 

उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा अफगानिस्तानमा सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताएका हुन् । 

अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन् । 

अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न पनि सक्नेतर्फ सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उनले सो सम्बोधनका क्रममा जोड दिएका छन् । 

यस अघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्विकार गर्दै उनले तर अबको विकसित परिस्थितिमा भने सोच्नुपर्नेमा उनले जोड दिए

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेका छन् । त्यस्तै अन्य ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताएका छन् । 

शुक्रबार क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि उनले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने बताएका थिए। तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा बारेमा भने केही बताइएको छैन । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ