राजपाले संविधान संशोधन अस्वीकृत भएको विषयलाई चुनावी हतियार बनाउने
प्रकाशित २०७४ भदौ ६ मंगलबार
131
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले संविधान संसोधन विधेयकलाई नै चुनावी एजेण्डा बनाएर स्थानीय तहको निर्वाचनमा सहभागि हुने मनसाय बनाएको छ ।
राजपाको मंगलबार बसेको पदाधिकारी बैठकले मधेसीको हकहितका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै विधेयक अस्वीकृत गरिएको विषयलाई नै चुनावको मूल एजेण्डा बनाउने मनस्थिति बनाएको हो ।
संविधान संशोधन विधेयक अस्वीकृत भएपछि राजपाले समीक्षा गरेको छ । संविधान संशोधन अस्वीकृत भएको समीक्षासँगै राजपाले भावी रणनीतिका विषयमा समेत छलफल गरेको नेता रामनरेश रायले बताएका छन् ।
उनले भने, ‘छलफल लम्बिएको छ । विभिन्न विचारहरु आएका छन् । कतिपय सदस्यहरुले संसदबाटै बाहिरिनु पर्ने धारणा पनि राखेका छन् ।’ उनका अनुसार अझै पनि राजपा चुनावमा जाने नजाने विषय यकिन भएको छैन ।
विभिन्न विकल्पहरुको खोजी भइरहेको छ, उनले भने, ‘धरै विचारहरु आएका छन् ।’ राजपाले संविधान संशोधन विधेयक एमालेको सहयोगविना स्वीकृत हुन नसक्ने आफूहरुलाई पहिले नै थाहा भए पनि संशोधनको प्रयास जारी राखिएकाले मतदानमा सहभागि भएको बताएको छ ।
राजापाले संशोधन विधेयक फेरि ल्याउन समेत दबाब दिने बताइएको छ । चुनावलाई उपयोग गर्दै आफ्ना मुद्दाहरु अघि बढाउने राजपाका नेताहरुको धारणा छ ।