arrow

अफगानिस्तानको युद्धमा विजय सम्भव छैन –टिलरसन

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
tillarsan.jpg

वासिङटन । अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसनले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन् ।

वासिङ्टनमा संवाददाताहरुसँग प्रतिक्रिया दिने क्रममा टिलरसनले अफगानिस्तानमा जारी युद्ध तालिबानले पनि जित्न नसक्ने र कुनै बिन्दुमा युद्धरत पक्षबीच वार्ता हुनै पर्ने बताए ।

तालिबानलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेजस्तै टिलरसनले पनि इस्लामावादले तालिबानलाई आश्रय दिएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ