arrow

भ्रष्टाचारीहरुको प्रमाण स‌ंकलन गर्ने वाईसिएलको निर्णय, यस्ता छन् अरु निर्णय 

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
YCL.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिष्ट लिग(वाईसिएल) ले भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने काम सुरु गर्ने जनाएका छन् । वाईसिएल नेपालको यहि भदौं २–४ गते काठमाडौंमा सम्पन्न ‘एकताको राष्टिय सम्मेलन’का निर्णयहरु सार्वजनिक गर्दै वाईसिएलले विहीबार यस्तो जनाएको छ । 

मुलुक नयाँ संविधान कार्यान्वयनको एैतिहासिक बाटोमा अघि बढिरहेको यस घडिमा हाम्रो माउ पार्टी नेकपा माओवादी केन्द्रले  गरिरहेको समाजवादी क्रन्तिको तयारीमा संगठनको काँधमा आएको जिम्मेवारीलाई समेत कर्तव्यवोध गरिअघि बढ्ने वाईसिएलले निर्णय गरेको छ । 

काठमाडौंको जडिबुटीस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्पन्न दोस्रो एकताको राष्ट्रिय सम्मेलनले १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नुको साथै २९ सदस्यीय पदाधिकारी निर्बाचित गरेको छ । सम्मेलनमा प्रस्तुत संगठनको विधान परिमार्जन तथा संगठनको नीति तथा कार्यक्रमसमेत सोही सम्मेलनले पारित गरेको आधारमा संगठनको पहिलो तथा दोस्रो बैठक तथा पदाधिकारी बैठकले गरेका निर्णयहरुको सार संक्षेप निम्न छन् –

संगठनले ‘संगठन सूदृढीकरण, युवा जागरण तथा परिचालन अभियान’ नामक ३ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । यस अभियान अन्तर्गत ३ लाख भन्दा बढी सक्रिय सदस्यता नवीकरण गर्ने उद्देश्य राखिएको छ । साथै स्थानीयतह कमिटीदेखि प्रदेश कमिटीसम्मको भेला, सम्मेलन तथा बैठक एंव प्रशिक्षणमार्फत गठन÷पूनर्गठन लगायतका कार्यक्रम रहने जनाईएको छ ।

साथै आउँदो स्थानीय तह, प्रादेशिक तथा केन्द्रीय चुनावका लागि ‘जसको एजेण्डा, उसैलाई भोट’ नारा अन्र्तगत चुनावी परिचालनको पूरक अभियान संचालन गरिने छ । यस अभियानको नेतृत्व नवनिर्बाचित केन्द्रीय समितिले भएको छ । 

वाईसिएलले गरेका अन्य निर्णयहरु यस्ता छन् 
– सरकारी निकायमा हुने व्याप्त भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सूची तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान छेडिन निर्णय गरेको छ । यसअघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुको साथै भ्रष्टाचारीहरुको सूची समेत सार्वजनिक गरिने । 

– समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको हाम्रो संगठनले डटेर प्रतिवाद एंव प्रतिरोध गर्ने ।

– हाम्रो संगठन जनयुद्धकालिन मुद्धाहरुलाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्ने बृहत शान्ति सम्झौताको मर्मप्रति आज पनि प्रतिबद्ध रहँदै राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाजेर दोषी ठहर्याउने रबैयाप्रति घोर आपक्ति व्यक्त गर्नुका साथै यसो गर्दा सामाजिक मनोविज्ञानमा आउने द्वेसप्रति सचेत गराउने । 

– युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनिका ठगी प्रकरण, विदेश पठाईसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्ने रबैया निन्दनिय मात्रै होइन अत्यन्तै गम्भीर प्रकृतिका छन् । यसबारे हाम्रो संगठनले निर्णायक कदम चाल्ने ।

– हाम्रो संगठनले राजनीतिक दायित्वसँगै सामाजिक सेवा तथा उत्तरदायित्वलाई उत्तिकै महत्वका साथ हेर्ने । 

– सामाजिक अभियान अन्तर्गत ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय लगायतका सार्वजनिक सहकार्यका कार्यालयहरुमा स्वंयमसेवकिय भूमिका निर्वाहा गर्नेछ । 

– राष्टिय तथा स्थानिय पर्वहरु, उत्सव तथा महोत्सवहरु, दूर्घटना तथा प्राकृतिक विपक्तिहरुमा समेत स्वंयमसेवकहरु परिचालन गर्नका लागि टिमबद्धता, तालिम तथा प्रशिक्षणहरुको व्यवस्था गरिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ