arrow

नियमित छ महिनामा उपचारका लागि जानुपर्ने ओली तीन महिनामै थाइल्याण्ड जाँदै, साथमा धर्मपत्नी

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
kp-oli.png

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन् ।  

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनी नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थालेको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । 

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन् । 

यही भदौं १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए । 

नियमित स्वास्थ्य उपचारका लागि उनी ६–६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ