arrow

थाइ पूर्व प्रधानमन्त्री शिनावात्रालाई पक्राउ आदेश

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
yingluck-shinawatra.jpg

थाइल्याण्ड । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध पक्राउ आदेश जारी गरेको छ।

खाद्यान्हमा गरेको लापरवाही सम्बन्धी आपराधिक मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन्।

सर्वोच्च अदालतले शुक्रवार शिनावात्राविद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो। तर अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ।

६ वर्षअघि उक्त मुद्दा शिनावात्राको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित छ। 

थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ।

Supporters of ousted former Thai prime minister Yingluck Shinawatra wait for her at the Supreme Court in Bangkok, Thailand, 25 August 2017.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ