arrow

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
Earthquake-Death-in-Nuwakot.jpg.jpeg

रियो दि जेनेरियो  । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । 

उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । 

तर ब्राजिलको नौसेनाले एएफ्पीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुङ्गा दुर्घटना भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ