arrow

माओवादी नेता वादलले भने– काँग्रेस–एमाले प्रतिगामी नै हुन्

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
badal.jpg

धनगढी । माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपाली काँग्रेस र एमाले प्रतिगामी शक्ति भएको बताए छन् । माओवादी केन्द्र सात नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बादलले भने, ‘स्थानीय चुनावमा बढी सिट त काँग्रेस एमालेले जिते । तर, उनीहरुलाई गर्नु केही पनि छैन । उनीहरुसँग नयाँ सोच र एजेण्डा केही पनि छैन, खाली चुनाव जित्ने र सत्तामा जाने मात्रै उद्देश्य राख्ने पार्टीबाट देशको परिवर्तन सम्भव छैन ।’

नेता थापाले माओवादी केन्द्र तेस्रो दल हुनुमा संगठन नै कमजोर हुनु मूख्य कारण हरहेको बताउँदै त्यसलाई सच्चाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो जनसम्बन्ध कमजोर भयो, हामी राजधानी र सदरमुकामहरुमा केन्द्रित भयौ, जनतामा झाङ्गिन सकेनौ, अब हामीले सच्चाउनुपर्छ । जनता बिना कुनै पनि लडाई जित्न सकिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ