arrow

उम्मेदवारी चयन भद्रगोल भएकोले काँग्रेस शक्तिशाली बन्न सकेन : पौडेल

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
ramchandra-daju-news-aa.jpeg

तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताएका छन् । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् । 

प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भने, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् ।'' उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताए। 

पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँग्रेस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राखे। संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ