युपीका मुख्यमन्त्री योगीले भने– नेपालकै कारण हामी डुबानमा पर्याैँ
प्रकाशित २०७४ भदौ ११ आइतबार
534
Shares
काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले नेपालकै कारण आफ्नो प्रदेशमा बाढीले डुवान भएको बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरिक्षणका क्रममा मुख्यमन्त्री योगीले नेपालका नदीबाट एकै पटक ठूलो मात्रमा पानी छोडिएपछि डुबान भएको बताए ।
आफ्नो गृहनगर पुगेर उनले भने, ‘प्राकृतिक प्रकोपबाट हजारौँ प्रभावित भएका छन् । यो स्थिति नेपालका नदीहरुबाट ठूलो मात्रामा पानी छोडिदाँ भएको हो ।’
मुख्यमन्त्री योगीले बाढीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न एउटा ठोस कार्ययोजना आवश्यक छ, भने । उनले बाढी पीडितहरुलाई आर्थिक सहायता दिने र प्रधानमन्त्री आवास योजना अन्तर्गत आवास निर्माण गरिदिने आश्वासन दिए । जसका लागि बाढी पीडितहरुको सूची तयार भइरहेको मुख्यमन्त्री योगीको भनाई छ ।