arrow

‘हार्भे’ ले अमेरिकाको टेक्ससलाई सतायो, कम्तिमा पाँच जनाको मृत्यु, हजारौंको उद्दार 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
texas.jpg

काठमाडौं । अमेरिकाको टेक्ससमा आएको समुद्री आँधी ‘हार्भे’ ले तहसनहस पारेको छ । आँधीमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । 

स्थानिय अधिकारीहरुले मृतकबारे खुलेर भन्न नचाहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । 

हस्टनलगायतका क्षेत्रमा दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी मौसम केन्द्रले स्थिति निकै जटिल अवस्थामा पुगेको बताएको छ । आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।

आँधी क्षेत्रमा २५० भन्दा बढी सडक मार्गहरु बन्द भएका छन् । 

A Texas National Guard soldier carries a woman on his bank as they conduct rescue operations in flooded areas around Houston, Texas, U.S., August 27, 201

CCTV image shows flooded road in Houston

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ