arrow

अबरुद्ध जलविद्युत  परियोजना सूचारु

logo
कौरव खत्री,
प्रकाशित २०७४ भदौ १२ सोमबार
Chameliya-Hydroelectric-Project.jpeg

गुल्मी । गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको अस्थायी रुपमा विद्युत सेवा  सञ्चालन भएको छ ।पहिरो बगाएको बाँध तथा नहरलाई अस्थायी रुपमा नहर निर्माण गरेपछि विद्युत सेवा सूचारु भएको विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

८५ किलोवाट क्षमता भएको विद्युत परियोजना सूचारु भएसँगै नगरपालिकाको वडा नं. २,७ र ८ र छिमेकी जिल्ला बाग्लुङ्गको बडिगाड गाँउपालिकाको वडा नं.२ गरि ४ वटा वडाका झण्डै ९ सय घरधुरीका उपभोक्क्ताहरुमा विजुली बलेको छ ।

विद्युत सेवा सुचारु भएपछि  विजुली बत्ति,उद्योग धन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यम लगायत विद्युतीय यन्त्र समेत सञ्चालनमा आएका छन् । जलविद्युत परियोजना गत तीन हप्ता अघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाँउहरुमा माथिबाट खसेको पहिरोले विद्युत नहरको बाँधलाई पहिरो  बगाएपछि जलविद्युत परियोजना अबरुद्ध भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ