arrow

भारत र चीन दोक्लामबाट आफ्ना सेना फिर्ता गर्न तयार, यस्तो छ कारण 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
India-China-Doklam-Stanoff-620x400.jpg

काठमाडौं । भारतीय र चिनियाँ सेना दोक्लामबाट आफ्नो सेना फिर्ता गर्न तयार भएका छन् । भारतको एनडिटीभी र एविपी न्यूजले दिएको जानकारी अनुसार दुबै देश आफ्नो आफ्नो सेना फिर्ता गर्न तयार रहेको बताएका हुन् । 

भारतीय सरकारी अधिकारीका अनुसार दुबै देशबीच कूटनीतिक रुपमा छलपmिल चलेपछि अहिले तत्कालको लागि दुबै देशका सेना दोक्लामको विवदित भूमिबाट फिर्ता हुन तयार भएका हुन् । उनीहरुबीच मौसमका कारण दुबै देशका सेनाहरु त्यो क्षेत्रमा बस्न सक्ने अवस्था नरहेका कारण दुवैदेशले सेना फिर्ता गर्ने सहमती गरेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यस अघि नै विज्ञहरुले पनि सेप्टेम्बरदेखि त्यहाँ मौसम प्रतिकूल हुने भएकोले कुनैदेशको सेना त्यहाँ बस्न नसक्ने भन्दै यो वर्ष भारत र चीनबीच युद्ध हुने सम्भावना नरहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ