बलात्कारको आरोप लागेका धर्म गुरु राम रहिमलाई २० वर्षको जेल सजाय
प्रकाशित २०७४ भदौ १२ सोमबार
300
Shares
एजेन्सी । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले धर्म गुरु राम रहिमलाई २० बर्षको जेल सजाय सुनाएको छ । उनलाई दुई बलात्कारको घटनाका आधारमा २० बर्ष जेल सजाय सुनाएको हो । सुनारिया जेलभित्रको विशेष अदालतमा न्यायाधिश जगदीप सिंहले सो सजायँ सुनाएका थिए ।
सुनुवाईको क्रममा राम रहीम निकै रोएका थिए । उनले न्यायाधिससँग माफी माग्दै आफुमाथि दया गर्न भनेका थिए ।
सुनुवाईका लागि न्यायाधिश जगदीप सिंह हेलिकोप्टरबाट पंचकूला हुदै सुनारिया जेल पुगेका थिए । सो समय सिरसामा कर्फ्यू लगाइएको थियो भने जेलको वरिपरि कुनै उश्रृंखल गतिबिधि देखिए गोली हान्ने आदेश दिइएको थियो ।
राम रहीमलाई सन् १९९२ मा दुई युवतिमाथि बलात्कारको दोषी ठहर गर्दै अदालतले सजाय सुनाएको हो ।