arrow

बलात्कारको आरोप लागेका धर्म गुरु राम रहिमलाई २० वर्षको जेल सजाय

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
ram_rahim.jpg

एजेन्सी ।  हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले धर्म गुरु राम रहिमलाई  २० बर्षको जेल सजाय सुनाएको छ । उनलाई दुई बलात्कारको घटनाका आधारमा २० बर्ष जेल सजाय सुनाएको हो ।  सुनारिया जेलभित्रको विशेष अदालतमा न्यायाधिश जगदीप सिंहले सो सजायँ सुनाएका थिए ।

  सुनुवाईको क्रममा राम रहीम निकै रोएका थिए । उनले न्यायाधिससँग माफी माग्दै आफुमाथि दया गर्न भनेका थिए ।

सुनुवाईका लागि न्यायाधिश जगदीप सिंह हेलिकोप्टरबाट पंचकूला हुदै सुनारिया जेल पुगेका थिए । सो समय सिरसामा कर्फ्यू लगाइएको थियो भने जेलको वरिपरि कुनै उश्रृंखल गतिबिधि देखिए गोली हान्ने आदेश दिइएको थियो ।

राम रहीमलाई  सन् १९९२ मा दुई युवतिमाथि बलात्कारको दोषी ठहर गर्दै अदालतले सजाय सुनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ