arrow

उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षण,  जापान हुँदै समुद्रमा खस्यो 

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
north-korea-missile.jpg

काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।

यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ ।

सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले यो मिसाइल परीक्षण आफूहरुका लागि अभूतपूर्व चुनौती भएको बताएका छन् । 

मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको जनाइएको छ । जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो ।

North Korean leader Kim Jong Un reviews the plan for landing missiles near the US territory of Guam (15 August 2017)

People watch a television broadcast reporting the North Korean missile launch at the Seoul Railway Station (26 August 2017)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ