arrow

१ सय ७ परिवारलाई त्रिपाल वितरण

logo
नविन कुमार शर्मा
प्रकाशित २०७४ भदौ १३ मंगलबार
tripal_.jpg

दैलेख । दैलेखको नारायण नगरपालिका वडा नम्वर  १ का करिव १०० परिवार बाढी पिडितलाई त्रिपाल बितरण गरिएको छ।

 विपद ब्यवस्थापन शिर्षकमा पाँच लाख विनीयोजन गरेकोमा दुई दिनमा दुईलाख पचास हजार रुपया वरावरको त्रिपाल वितरण गरीसकिएको वडा नम्वर १ का सचिव गोपाल श्रेष्ठले जानकारी दिए।

अविरल वर्षाका कारण भदौ ९ गते घर भत्किदा १ जनाको मृत्यू भएको थियो भने दुई जनाको जिवितै उद्दार गरिएको थियो  । अविरल बर्षाको कारण नगरपालिकाको वडा नम्वरका ६ घर भत्काएको थियो । साघुरो वजार, पुराना माटो र ढुंगाले वनाएको घरहरु भएकोले ठुलो वर्षातभएपछि अधिकांश घरहरु चर्किएका  छन् ।  

जिल्लाको वसोवासको दृष्टिले पुरानो वस्ति मानीएको भगवतीटोल, गोलवजारमा रहेका दलित समुदायका घरहरु वढि जोखीममा रहेका छन् ।   दुई दिनको अविरल वर्षाले करीव ७ करोड वरावरको क्षती भएको अनुमान छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ