दैलेख । दैलेखको नारायण नगरपालिका वडा नम्वर १ का करिव १०० परिवार बाढी पिडितलाई त्रिपाल बितरण गरिएको छ।
विपद ब्यवस्थापन शिर्षकमा पाँच लाख विनीयोजन गरेकोमा दुई दिनमा दुईलाख पचास हजार रुपया वरावरको त्रिपाल वितरण गरीसकिएको वडा नम्वर १ का सचिव गोपाल श्रेष्ठले जानकारी दिए।
अविरल वर्षाका कारण भदौ ९ गते घर भत्किदा १ जनाको मृत्यू भएको थियो भने दुई जनाको जिवितै उद्दार गरिएको थियो । अविरल बर्षाको कारण नगरपालिकाको वडा नम्वरका ६ घर भत्काएको थियो । साघुरो वजार, पुराना माटो र ढुंगाले वनाएको घरहरु भएकोले ठुलो वर्षातभएपछि अधिकांश घरहरु चर्किएका छन् ।
जिल्लाको वसोवासको दृष्टिले पुरानो वस्ति मानीएको भगवतीटोल, गोलवजारमा रहेका दलित समुदायका घरहरु वढि जोखीममा रहेका छन् । दुई दिनको अविरल वर्षाले करीव ७ करोड वरावरको क्षती भएको अनुमान छ।