arrow

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन  

नेपाललाई कालोझण्डा देखाउने राजपालाई चेतावनी

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । नेपालले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचार प्रसारमा संग्लन भएको जानकारी आयोगमा पेश भएपछि नेपाललाई स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरिएको आयोगले जानकारी दिएकोे छ । 

आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा बीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले माननीय प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ : ‘‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा (एमाले) लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’’

त्यस्तै, निर्वाचन आयोगले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहको नेतृत्वमा करिब १०० वटा मोटरसाइकलमा झण्डै २०० को संख्याले पार्टीको प्रचार प्रसार र्‍याली निकालेकोमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले  नेता सिंहलाई निर्वाचन आचार सहिता उल्लंघन गरेको उपर कारबाही गर्नुपर्ने हो कि होइन, पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय जनता पार्टीलाई आयोगले सचेत गरायो
निर्वाचन आयोगले असोज २ गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा पुग्नुभएका नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपालविरुद्ध लक्षित गरी कालो झण्डा देखाउनुका साथै ढुंगा प्रहारसमेत भएको भन्ने जानकारी प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सो विरोधको कार्यमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता संलग्न रहेको पाइएकाले स्वतन्त्ररुपमा निर्वाचन प्रचार प्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न आयोगले राष्ट्रिय जनता पार्टीलाई सचेत गराएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ