arrow

काँग्रेसका नेत्रीहरु पार्टी नेतृत्वमाथि खनिए, कारण गहिरो 

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार

काठमाडौँ । नेपाली काँग्रेसका नेत्रीहरुले पार्टीले महिलालाई उपेक्षा गरेको बताएका छन् । 

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले मंगलबार यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक संरचनामा महिला प्रतिनिधित्वको भूमिका र चुनौती’ विषयको कार्यक्रममा नेत्रीहरुले पार्टीले महिलालाई उल्लेख सहभागिता गराउन नसकेको बताएका हुन् । 

काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले महिलाले काँग्रेस पार्टीमा बसेर राजनीति गर्न गाह्रो हुने अवस्था आएको बताइन् । “अरू पार्टीले सर्वोच्च पदमा महिलालाई प्रतिनिधित्व गराएका छन् तर काँग्रेसले महिलालाई केही गर्न सकेको छैन,” नेत्री उपाध्यायले भनिन् । 

काँग्रेस केन्द्रीय सदस्य एवं कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले महिलाको अधिकार संविधानले ३३ प्रतिशत तोके पनि कुनै पनि स्थानमा त्यति पुग्न नसकेको बताइन् । 

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले काँग्रेसकै सरकारले मन्त्रिपरिषदमा एक जना मात्र महिलालाई लगेर उपेक्षा गरेको बताइन् । 

नेविसंघकी कावा अध्यक्ष उर्मिला थपलियाले महिला पुरुषसरह सक्षम हुँदाहुँदै पनि अवसर पाउन नसकेको गुनासो गरिन् । 

कार्यक्रममा नेविसङ्घले स्थानीय तहको निर्वाचनमा विजयी महिलालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा कामपा उपप्रमुख खड्गी, मध्यपुरथिमि नगरपालिका उपप्रमुख अञ्जना मधुकर्मी, पञ्चदेवल नगरपालिका अछामका उपप्रमुख अम्बिका चलाउने र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका उपाध्यक्ष लक्ष्मी पौडेल रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ