arrow

टेक्ससमा आँधीले १५ जनाको मृत्यु, हस्टनमा रातको समयमा कफ्र्यु

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
huston.jpg

टेक्सस । अमेरिकाको टेक्ससमा आएको आँधीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एकै परिवारका ६ जना छन् । उनीहरु सवार कार नै बगाएको थियो । 

हस्टनमा रातको समयमा बढी क्षति नहोस् भन्नका लागि कफ्र्यु नै लगाइएको छ । 

यसैबीचअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भीषण आँधीपछि आएको मुसलधारे वर्षाकाबीच प्रभावित टेक्सस राज्यको भ्रमण गरेका छन् ।

ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आँधीले गत शुक्रबार सबभन्दा पहिले हानेको ठाउँ कर्पस क्रिष्टि पुगेका हुन् ।

ट्रम्पले आँधी आउँदा के गर्नुपर्छ भन्ने उदाहरण बन्ने किसिमको उद्धार प्रयत्न होस् भन्ने आफूले चाहेको बताए ।

उनले टेक्सस र बुधबार हार्भी आँधीले हान्ने अनुमान गरिएको नजिकैको अर्को राज्य लुजियानामा संकटकाल घोषणा गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ