-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुम्बई । भारतको मुम्बईमा आएको भारी वर्षाका कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ । विक्रोली र ठाणेमा दुई घर भत्किँदा च्यापिएर ५ जनाको मृत्यु भएको हो ।
भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ५० लाख मानिस प्रभावित भएका छन् ।
मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेको छ ।
बुधबारका लागि विद्यालय र कलेज बन्द गरिएका छन् ।
त्यहाँका मुख्यमन्त्रीले घरमै सुरक्षित रहन आग्रह गरेका छन् ।
बुधबार पनि भारी वर्षा हुने त्यहाँको मौसम महाशाखाले जनाएको छ ।
![]()
![]()
![]()