arrow

'निर्वाचनको मिति घोषणा गर्दा कम्तिमा सोध्नसम्म त पर्छ नि !’

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
exPM_oli.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दुई चरणमा निर्वाचनको मिति तय गरेको प्रति सरकारको आलोचना गरेका छन् । उनले राष्ट्रिय निर्वाचनको मिति तय गर्नु अघि जिम्मेवार र प्रमुख दलहरुसँग छलफल पनि नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । 

यस अघि निर्वाचन आयोगले पनि दुई चरणमा निर्वाचन गर्न आग्रह गरेकोबेलामा एमालेले भरसक एकैदिन गर्न प्रस्ताव गरेको भन्दै सरकारले दुई चरणको निर्वाचनको लागि यत्ति धेरै खाली राखिएकोमा असहमति व्यक्त गरे। 

ओलीले मतपेटिका सुरक्षाको लागि पनि भरसक चुनाव एकैदिन गर्नुपर्ने बताए । यस अघि मतपत्र छाप्न केही ढिलाई हुने भएकोले मंसिर ४ गते गर्ने भनिएको चुनाव १० गतेसम्म सारेको भन्दै उनले ‘फेरि १० गतेबाट २१ गतेको लागि चुनाव किन सारिएको ?’ भन्दै प्रतिप्रश्न गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ