arrow

माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा जनार्दन, टोपबहादुर र गोपाल किँरातीको चर्चा

प्रदेश समितिबाट प्रदेशसभामा जानेहरुबारे निर्णय

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार
neta_mao_cent.jpg

काठमाडौँ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कसलाई उठाउने भन्नेबारे आन्तरिक छलफल तीब्र पारेका छन् ।

प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समेत आन्तरिक छलफल थालेको छ । एमाले जस्तै माओवादी केन्द्रमा समेत चर्चामा रहेका नेताहरुलाई मुख्यमन्त्री बनाउनेबारेमा छलफल चलेको छ । नाम चलेका र तन्नेरी नेतालाई प्रतिनिधिसभा भन्दा प्रदेशसभामा तान्ने प्रयत्न भइरहको छ ।

माओवादी केन्द्रमा उर्जामन्त्री हुँदा निकै चर्चामा आएका नेता एवं गृहमन्त्री जनार्दन शर्माको नाममा चर्चा भइरहेको छ । यस्तै, टोपबहादुर रायमाझी, गोपाल किराँती लगायतका नेताहरुको नाम चर्चामा छ ।

तर, संसदीय दलको उपनेता समेत रहेका नेता टोपबहादुर रायमाझिले भने प्रदेशसभा र प्रतिनिधिसभाका लागि चुनाव लड्नेहरुबारे अहिले नै छलफल भइनसकेको बताए ।

उनले भने, ‘मुख्यमन्त्रीबारे अहिले केही कुरा भएको छैन । मुख्यमन्त्री हुन त पहिले प्रदेशसभामा जित्नु पर्ने हुन्छ । प्रदेशमा को जाने भन्ने कुरा भएको छैन ।’ तर, प्रदेश १ का संयोजक गोपाल किराँतीले भने आफुहरुलाई प्रदेशसभाका लागि सिफारिस गर्न प्रदेश समितिले आन्तरिक निर्णय गरिसकेको बताएका छन् ।

उनले भने, ‘प्रदेश समितिले आन्तरिक निर्णय गरिसकेको छ । प्रदेश संयोजकहरुलाई प्रदेशसभाका लागि सिफारिस गर्ने भनेर निर्णय भाछ । तर, त्यो प्रदेश र केन्द्रको उम्मेदवार छनोट कार्यदलले टुंगो लगाउने हो ।’

माओवादी केन्द्रमा पोलिट्व्यूरो र केन्द्रीय सचिवालय सदस्यसमेत रहेको प्रदेश समिति छ । ५ सय जनाको प्रदेश समिति छोटो बनाउने प्रयास भइरहेको छ । माओवादी केन्द्रले केन्द्रीय सचिवालयलाई कार्यकारी बनाउने गरी ९९ सदस्यीय बनाउने भन्दै सबैभन्दा माथिल्लो निकाय केन्द्रीय कार्यालय विघटन भएको घोषणा गरिसकेको छ ।

प्रदेश र केन्द्रको सिफारिस अनुमोदन गर्ने जिम्मा वादललाई
माओवादी केन्द्रले प्रदेश र केन्द्रको उम्मेदवारको सिफारिस अनुमोदन गर्ने जिम्ममा रामबहादुर थापाको कार्यदललाई दिएको छ । वादल नेतृत्वको कार्यदलमा प्रदेशका संयोजक र ईन्चार्ज सदस्य राखिएको छ । माओवादी केन्द्रले अब लगातार छलफल गर्ने बताइएको छ । विहिबार मात्रै माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ