arrow

अमेरिका र उत्तर कोरियाबीच युद्धको तयारी, अमेरिका कारबाहीकै मनस्थितिमा

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
donald-trump.jpeg

काठमाडौं । अमेरिका अब उत्तर कोरियामाथि कारबाही नै गर्ने मनस्थितिमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नै नभएको बताएका छन् ।

सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै ट्रम्पले उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन् ।

उनले भनेका छन्, ‘वार्ता यसको जवाफ हैन ।’

ट्रम्पले अगाडि भनेका छन्, ‘अमेरिकाले उत्तर कोरियासँग वार्ता गरिरहे पनि उसले केबल विगत २५ वर्षदेखि पैसाको विष्फोट गरिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ