काठमाडौं-निजगढ द्रुत मार्गले मुलुकमा सम्वृद्धिको ढोका खोल्छ : रक्षामन्त्री प्रधान
प्रकाशित २०७४ भदौ १५ बिहिबार
594
Shares
काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं निजगढ दु्रत मार्गले मुलुकमा सम्वृद्धिको ढोका खोल्ने बताएका छन् । राजधानीमा बिहिबार ‘ज्येष्ठ नागरिक समाज नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ द्रुत मार्गले मुलुकमा सम्वृद्धिको ढोका खोल्ने बताएका हुन ।मुलुकको सम्वृद्धि सरकारको प्राथमिकता हो, द्रुत मार्गलाई सरकारले मुलुकको सम्वृद्धिसँग जोडेको छ, द्रुत मार्गले सम्वृद्धिको ढोका खोल्छ,’ मन्त्री प्रधानले भने ।
कार्यक्रममा मन्त्री प्रधनले ज्येष्ठ नागरिकको सम्मानमा सरकारले सधै अग्रसरता देखाइरहेको भन्दै सबैले आफ्नो घरबाटै ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले आफ्नो जन्मदातालाई बृद्ध अवस्थामा साहारा दिनु नै सबै भन्दा ठुलो सम्मान हुने भन्दै त्यसबाट सधै पूण्य प्राप्त हुने बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाजले दुई असल बुहारी र एक असल छोरीलाई सम्मान समेत गरेको छ । असल बुहारीबाट सम्मानीत हुनेहरुमा काठमाडौं महाँनगरपालिका ६ की पुष्पा नकर्मी, वडा नम्बर १८ की नानी छोरी महर्जन र आफ्नै बुवा हिराकाजी महर्जनलाई कलेजो दिएर पुर्नजन्म दिने असल छोरी सरिता महर्जन सम्मानीत भएका हुन । सम्मानीत सबैलाई रक्षा मन्त्री प्रधानले प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरेका हुन ।
सम्मानीत सरिता प्रधानले बुवाको अन्तिम अवस्थामा आफुले कलेजो दिएर बुवाको ज्यान जोगाएको भए पनि त्यस्तो दुखद् अवस्था नआउँनु नै उत्तम हुने बताइन । कार्यक्रममा समाजका अध्यक्ष डिल्लीराम नकर्मी, १७ वडाका अध्यक्ष नविन मानन्धर लगायतले ज्येष्ठ नागरिकका लागि सबैले उच्च प्राथमिकताका साथ सम्मान गर्नु पर्ने धारणा राखेका छन ।