पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोको हत्याका पाँचजना आरोपी निर्दोष ठहर
प्रकाशित २०७४ भदौ १५ बिहिबार
609
Shares
इस्लामावाद (पाकिस्तान)। पाकिस्तानी एक विशेष अदालतले आतङ्कवाद विरोधि अदालतले पूर्व प्रधानमन्त्री बेनजिर भूट्टोको हत्यामा सम्लग्न भनी आरोपित पाँच जनालाई बिहीबार सफाई दिएको छ ।
दुई पटक प्रधानमन्त्री बनेकी पाकिस्तानी राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी भूट्टोको पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा हत्या भएको थियो । भूट्टोलाई सन् २००७ को डिसेम्बर २७ मा चुनावी सभामा सम्बोधन गर्ने क्रममा हत्या भएको थियो ।
पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ठहर गरेको छ । उक्त हत्या अभियोगमा आइतजाज शाह, शेर जमान, हुसैन गुल, मुहम्मद रफाकत र रसीद अहमदलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
अदालतले उक्त घटनामा उच्च पदाधिकारीको सुरक्षामा आवश्यक सतर्कता नदेखाएको साथै अपराध भएको ठाउँबाट तथ्य लुकाएको अभियोगमा वरिष्ठ प्रहरी अधिकारी साउद अजिज र खुराम शेहजादलाई १७ बर्षको जेल सजाँए तोकेको छ ।
भुट्टो प्रधानमन्त्री रहेकै समयमा उहाँको सुरक्षामा प्रत्यक्ष जिम्मेवार रहेका दुवै जनालाई घटना शङ्काको सूचीमा समावेस गरिएको छ । उनीहरू दुवैलाई भुट्टोको मृत शरीरको अन्तिम परीक्षण गर्नसमेत नदिई तथ्यलाई लुकाउने काममा सहयोग पुर्याएको आरोप लगाइएको थियो ।
सोही अदालतले पाकिस्तानका भूतपूर्व राष्ट्रपति जेनरल परवेज मुशर्रफलाई मुद्दाको सुनुवाईको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको छ । उनलाई पनि बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको छ । तर उनि गत वर्षदेखि नै स्वनिर्वासनमा छन् । सिन्ह्वा