arrow

गच्छदारको आरोपः ठूला दल यसकारण नेतृत्वमा असफल

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
Gachhadar.jpg.jpeg

लहान । उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।  

फोरम सिरहाले चोहर्वामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताए । 

ठूला दलकै अगुवाइमा भएका आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल भएको जिकिर गर्दै उनले आफ्नो पार्टीले नेतृत्व गर्ने अवसर पाए मुलुकको वर्तमान संकट अन्त्य हुने छ भने । 

सो अवसरमा पार्टीका नेता रामजनम चौधरीले मधेशी, थारु, दलित, मुसलमानलगायत उत्पीडित समुदायका लागि आफ्नो पार्टीले संघर्ष गर्दै आएको बताउँदै पार्टीले गरेका काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । 

सो अवसरमा विभिन्न दल परित्याग गरी फोरममा प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष गच्छदारले माला र अवीर लगाएर स्वागत गरेका थिए । 

यसअघि उपप्रधानमन्त्री गच्छदारले सिरहाको लहानमा आयोजित कार्यक्रममा पनि विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई फोरम प्रवेश गराएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ