arrow

वौद्धिक वर्गले भरिएको झापामा ३६,००० घरधुरी शौचालयविहीन

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
toilet.jpeg

बनियानी । झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो । 

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताए । 

“चार महिनाभित्र अभियान सम्पन्न गरिसक्नुपर्ने चुनौती छ”, उनले भने, “अभियान सम्पन्न गर्न ठूलै चुनौती छ ।” हालसम्म झापाको बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको उनले बताए । 

पहिलेका केही गाविस पनि खुला दिसामुक्त भएपनि स्थानीय तह पुनःसंरचनापछि अन्य गाउँपालिका–नगरपालिका खुला दिसामुक्त हुन सकेका छैनन् । 

झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारी लक्ष्य छ । समयावधि चार महिना मात्रै बाँकी छँदा सो लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा ठूलै चुनौती थपिएको छ । 

झापामा एकलाख ८१ हजार ७९७ घरधुरी छन् । तीमध्ये एकलाख ४५ हजार ८०० घरधुरीमा शौचालय निर्माण भइसकेको कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ