arrow

दोक्लामबाट सेना फिर्ता गर्न भारतले चीनसँग २० अर्ब ऋण मागेको कुरा बाहिरियो

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
india_sikkim_china1.jpg

काठमाडौं । दोक्लाममा राखेको भारतीय सेना फिर्ता गर्नको लागि भारतले चीनसँग पैसाको वार्गेनिङ गरेको कुरा भारतभर चर्चाको विषय बनेको छ । भारतको नवभारत टाईम्समा शुक्रबार प्रकाशित एक समाचारमा लेखिए अनुसार भारतले चीनसँग दोक्लाम मुद्दामा आफ्नो सेना फिर्ता गर्नको लागि चीनसँग २० अर्ब डलर ऋण सहयोग मागेको थियो । टाईम्सले चीनले भारत सरकारलाई सेना फिर्ता नहुन्ज्याल ऋण दिने प्रतिवद्धता व्यक्त गरेको भएपनि पछि आफ्नो बाचाबाट पछि हटेको दाबी गरेको छ । 

टाईम्सका अनुसार चीनको विदेश मन्त्रालयले उक्त रिपोर्ट खारेज गरिदिएको छ जसको आधारमा दोक्लाम विवाद अन्त्य गर्नको लागि भारतलाई २० अर्ब डलर ऋण दिने सहमति भएको थियो । त्यतिबेला यो रिपोर्ट्स चिनियाँ सञ्चार माध्यममा भाइरल समेत भएको थियो । 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले बताएका अनुसार यो रिपोर्टको बारेमा चीनका सबै सरकारी अधिकारीहरुसँग छलफल गरेको भएपनि त्यो विषय फर्जी हो । चीनको विदेश मन्त्रालयले पनि एउटा बयान नै जारी गरी भनेको थियो कि भारतलाई २० विलियन डलर दिने कुरा गलत हो । पिपुल्स डेल्ली चाईनाले पनि एउटा आर्टिकल मार्फत् सो कुराको खण्डन गरेको थियो । 

नवभारत टाईम्सले भने यो विषयमा भारतीय सरकारी अधिकारीको स्रोतलाई उदृतगर्दै चीनले यो प्रतिवद्धता गरेको दाबी गरेको छ । अहिले भारतीय सेना दोक्लामबाट फिर्ता भएको छ । तर चिनियाँ सेनाले भने त्यहाँ आफ्नो सार्वमौमसत्ताको संरक्षण गरिरहेको भन्दै सेना राखिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ