arrow

बुद्धभूमिमा चोरहरुको गस्ती बढ्यो, चोरी गर्छन् थाहा पाउनेलाई मरणासन्न हुनेगरी कुट्छन्  

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
chor-1.jpg

कपिलवस्तु । केही दिन यता तौलिहवा क्षेत्र आसपासमा लुटपाट तथा चोरीका घटना बढ्न लागेका छन् । लुटेराहरूले कपिलवस्तु  नगरपालिका–६ गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा साढे चार लाख लुटपाट गरी फरार भएका छन् । 

मुखमा पट्टी बांधेर आएका ५ जनाको संख्यामा रहेका लुटेराहरूले हार्डबेयर संचालक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी सो रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ । राति १ बजेतिर पसलमा प्रबेश गरी तेलीलाई निर्घात कुटपीट गरी रकम लुटेर भागेका थिए । 

लुटेराहरू भागे पछि गाउमा होल्ला भएको थियो । घटना स्थल सशस्त्र प्रहरीको बीट देखि करिब २ सय मिटर भित्र रहेको छ । रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिंदै निर्घात कुटपीट गरेपछि बाध्य भएर लुटेराहरूलाई दिनपरेको  तेलीले भने । तेलीको टाउको शरीरको बिभिन्न भागको गहिरो चोट लागेको छ । 

उनको रूपन्देहीस्थित युनिभर्सल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हार्डबेयर पसलमा बिक्री भएको रकम उनले प्रायःजसो घरमै राख्ने गदर्थे । घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद ब्यक्तिहरूलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक प्रह्लाद  अधिकारीले बताए । 

उता तौलिहवा स्थित हाटबजारमा तरकारी खरिद गर्न गएकी कपिवस्तु नगरपालिका वडा नं ३ की सरस्वती पाठकले घाटिमा लगाएको ढाई तोलाको सुनको सिक्री चोरी भएको छ । तरकारी किन्ने भिडमा घांिट वाट सिक्री तानिएको पाठकले बताइन । बजारको भिडभाडमा मोवाइल र गहना चोर्ने गिरिहो नै सक्रिय रहेको स्थानीय बासिको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ