arrow

काँग्रेसका पूर्व गाविस अध्यक्ष सहित पाँच सय कार्यकर्ता फोरममा प्रवेश

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने : अध्यक्ष यादव

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
federalsocilist-flag.jpg

महोत्तरी । नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करिव पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई फोरम नेपालका  अध्यक्ष उपेन्द्र  यादवले स्वागत गरेका छन् ।  

सो अवसरमा यादवले  मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका हुन् ।

अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए । एक अर्को प्रशंगमा उनले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ