arrow

भक्तपुरमा  बस दुर्घटनामा १६ घाइते

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
suryebinayak-nagar.png

भक्तपुर। काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्ड अन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए। स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ