arrow

नापी कार्यालय इलामका प्रमुख मृत फेला

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
Morang_District.png

उर्लाबारी । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा शुक्रबार बिहान मृतावस्थामा फेला परेका छन् ।  

नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । 

आव २०७३–७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका लागि त्रिखत्री विराटनगर आएका थिए । 

शनिबारदेखि विराटनगरमा शुरु भएको गोष्ठीमा प्रदेश नं १ र २ का नापी र मालपोत कार्यालयका प्रमुखको सहभागिता रहेको छ । 

त्रिखत्री लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । त्रिखत्रीको स्वास्थ्य अवस्थाकै कारणले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ