arrow

बाढी प्रभावित क्षेत्रमा ट्रम्पको दोस्रो भ्रमण

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
tramp-aa.jpeg

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गरेका छन् । 

बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उनले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गरेका हुन् । 

उनले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गरेका छन् । 

बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन अस्तव्यस्त बनेको हो । राष्ट्रपति ट्रम्पले यसअघि बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रको निरीक्षण गरेका  थिए । 

बाढीका कारण सडकमा रहेका सवारीसाधनसमेत डुबानमा परेका थिए । दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते र हजाराँै विस्थापित भएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ