सर्लाही । नेपाल विद्यार्थी संघले बाढीबाट अत्यधिक प्रभावित सर्लाहीका विभिन्न बस्तीमा राहत वितरण गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत वितरण गरेका हुन्।
काठमाडौंमा राहत संकलन गरेर नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले,उपाध्यक्ष रामप्रसाद अधिकारी ,सहमहामन्त्री राजेस रौनियार ,केन्द्रिय सदस्य सुशील भट्ट,रत्नहरी ढुगेल,पुर्व केन्द्रिय सदस्य युबराज पान्डे,नेबि सघ यन आर अध्यक्ष परोपकार अधिकारी ,विद्यार्थी नेताहरू डुजाङ सेर्पा,युबराज देबकोटा,स्वेच्छा उप्रेती ,मनोज राना,सलिना केसि,लक्ष्मी सिलबाल,सुसान्त आदीत्य रोय सिटौला ,नरेस सेडाइलगायतका नेताकार्यकर्ता सर्लाही पुगेका हुन् ।
सर्लाहीको मलंगवामा पुगेर नेविसंघले बाढीप्रभावितहरुलाई खाद्यान्नसहित लत्ताकपडा समेत वितरण गरेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए।उनका अनु्सार बाढीपीडितलाई चामल, दाल, तेल, नुन, भाँडाकुडाका साथै पाल, म्याट लगायतका सामग्री वितरण गरिएको छ।
स्थानीय प्रशासनसंगको समन्वयमा बाढीपीडितलाई राहत वितरण गरिएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जनाए। उनले करिव ६ लाख बराबरको राहत वितरण गरिएको बताए। तराईका अन्य बाढी प्रभावित बस्तीमा पनि राहत वितरण गर्ने नेविसंघ महामन्त्री काफ्लेले बताए।