arrow

लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
france-libya-flag.jpg

ट्रिपोली । लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविश्यमा हुने सम्झौताका बारेमा छलफल गरेका छन् । 

राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले सोमबार फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिअनलाई लिवियाको राजधानी ट्रिपोलीमा भेटेका हुन् । 

लिवियाको विदेश मन्त्रालयको सञ्चार विभागले दुई पक्षका अधिकारीहरुकाबीचमा समसामयिक राजनीतिक घटनाक्रम र भावी सम्झौताका बारेमा छलफल भएको जनाएको छ । 

भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा फ्रान्सका विदेशमन्त्रीले तत्काल राजनीतिक संकट समाधान गर्न र लिवियाको स्थायित्व तर्फ जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ