arrow

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु,पुरोहितलाई भ्याइनभ्याइ

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
Janakpur-Janaki-Mandir.jpg.jpeg

बर्दिवास । भाद्र पूर्णिमासँगै मंगलबार असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष(सोह्रश्राद्ध) शुरु भएको छ । 


दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार  धार्मिक महत्वका ताल, तलाउ र नदीतटमा पितृलाई तर्पण दिनेको घुइँचो बढेको छ । 

पितृपक्ष शुरु भएसँगै बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड, मटिहानीस्थित लक्ष्मी सर, जलेश्वर नगरपालिकाको जलेश्वरस्थित भार्गव सर, वरुण सर र पुरन्दर सरसहितका तलाउमा तर्पण दिनेको निकै छ । मैथिल समुदाय आफ्ना पितृलाई तर्पण दिन धार्मिक महत्वका तलाउ पुगेसँगै यजमानी पेशाका पुरोहितलाई संकल्प पढिदिन भ्याइनभ्याइ परेको देखिन्छ । 

यसबाहेक बर्दिबास नगरपालिकाको राइमण्डल धार्मिक क्षेत्र, टुटेश्वरधाम नजिकको बाँके नदी तट र रातु नदी किनारमा पनि तर्पण दिनेहरु भरिभराउ देखिएका छन् । भाद्र पूर्णिमादेखि असोज औँसीसम्मका सोह्र तिथिसम्मको अवधिलाई पितृपक्ष मानिने हिन्दू परम्परानुसार मंगलबार यस पक्षमा गरिने पार्वण र एकोपार्वण विधिका श्राद्ध गर्न थालिएको छ । 

सूर्योदयपछि १५ घडी ५५ पलाको भोगसँगै पूर्णिमा सकिएर असोज कृष्ण प्रतिपदा शुरु हुने भएकाले पूर्णिमा तिथिमा गरिने श्राद्ध मध्याह्नअघि र प्रतिपदा तिथिको श्राद्ध मध्याह्नपछि गरिने बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता पुरोहित दिनेशकुमार झाले जानकारी दिए । पितृपक्षमा एकैदिन धेरै ठाउँमा पार्वण श्राद्ध गरी दिनुपर्ने हुँदा समय व्यवस्थापनमा भ्याइनभ्याइ भएको पुरोहित झाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ