arrow

पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
Earthquake-Death-in-Nuwakot.jpg.jpeg

काबुल। पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ । 

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्ष्य गरेर अफगान सेनाले उक्त प्रान्तमा बुधबार बिहानै हवाई कारबाही गरेको थियो । 

सो कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टी  गृह मन्त्रालयले गरेको समाचारमा उल्लेख गरिएको छ । 
मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ– आज बिहानै आतङ्ककारीहरुका विरुद्धमा अफगान सेनाले गरेको कारबाहीका क्रममा ११ जना आतङ्ककारी मारिएका छन् । 

मारिएका ती लडाकू आइएस सम्बद्ध लडाकू रहेको उक्त विज्ञप्तिमा जनाइएको छ । आइएसका लडाकूले पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सेनासँग भिडन्त गर्ने गरेको छ । 

सोही कारण पनि पछिल्लो समयमा अफगानिस्तानको सेनाले उनीहरुका विरुद्धमा कारबाहीलाई तीब्र पारेको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ