arrow

दाउद इब्राहिम नजिकका दुईलाई मृत्युदण्डकाे सजाय, अबु सलेमलाई आजीवन कारावास

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
xabu-salem-convicted-case.jpg

काठमाडौं । भारतको एक अदालतले दुई व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । यद्यपि, ग्याङस्टर अबु सलेमलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् १९९३ मुम्बईमा भएको श्रृंखलावद्ध विष्फोटमा संलग्न रहेको भन्दै अदालतले यस्तो फैसला सुनाएको हो । त्यो विष्फोटको घटनामा २ सय ५७ जनाको मृत्यु भएको थियो ।

विध्वंसात्मक कार्य (नियन्त्रण) ऐेन अनुसार फिरोज खान र ताहिर मर्चेन्टलाई मृत्युदण्डको फैसला सुनाइएको बताइँदै छ । ७ सय १३ जना घाइते र २७ करोड बराबरको धनमालको क्षति हुने गरी विष्फोट गराइएको थियो ।

ग्याङस्टर दाउद इब्राहिमसँग नजिक रहेका सलेमलाई विशेष न्यायाधीश जिए सनपतको इजलासले आजीवन कारावासको सजाय सुनाएको हो । करिमुल्लाह खानलाई पनि आजीवन कारावास तोकिएको छ भने रिया सिद्धगीलाई १० वर्ष जेल सजाय सुनाइएको छ । सन् १९९३ मुम्बई घटनाका योजनाकार दाउद इब्राहिम, टाइगर मिनोन लगायतका दोषी फरार छन् ।

अनुसन्धानकर्ताहरुले मार्च १२, १९९३ को घटनाको मुख्य अभियुक्त दाउद इब्राहिमलाई ठानेका छन् । भारतको मोस्ट वान्टेड सूचीमा इब्राहिमको नाम सबैभन्दा माथि छ । उनलाई विभिन्न समयम भएका घटनाको जिम्मेवार ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ