arrow

मेक्सिकोको भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
mexico-earthquake.jpg

मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार अबेरराति आएको ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन ।

त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले जानकारी दिएका छन ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ ।

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको हालसम्मको समाचारअनुसार कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ