arrow

तराई मधेश विरोधीलाई हैन तराई मधेशको मुद्धा निष्कर्षमा पुर्‍याउनेलाई मतः लेखक

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार

रौतहट। नेपाली काँग्रेसका नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले काँग्रेसले बाहेक मधेशको मुद्धालाई कसैले पनि निष्कर्षमा पुर्‍याउन नसक्ने बताएका छन्।

रौतहटको दुर्गाभगवती गाउँपालिकाको नेपाली काँग्रेस पार्टी प्रवेश कार्यक्रममा बोल्दै लेखकले एमालेले मधेशी भावना नबोक्ने र मधेशी दलले मधेशी मुद्धा बोक्ने प्रयास गरेपनि निष्कर्षमा पुर्‍याउन नसक्ने भएकाले मधेशका मुद्धा निष्कर्षमा पुर्‍याउन काँग्रेस बलियो हुनुपर्ने बताए। काँग्रेस बलियो जनमतबाट मात्र हुने भन्दै स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा तराई मधेशले काँग्रेसलाई बलियो बनाउने गरि मत प्रकट गर्ने विश्वास व्यक्त गरे। 

एमालेजस्तो मधेश विरोधी पार्टी र मधेशका नाममा गठन भएपनि विभाजित र कमजोर पार्टीहरुले मधेशको हित गर्न नसक्ने लेखकको तर्क छ। लेखकले भने, ' मधेशका मुद्धा सम्वोधन काँग्रेसले मात्र गर्न सक्ने भएकाले तराई मधेशले काँग्रेसकै पक्षमा मत प्रकट गर्ने विश्वास दोहोर्‍याए। '

प्रदेश नम्वर २को स्थानिय तहको निर्वाचन तराई मधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमतसंग्रह रहेको लेखकले बताए। मधेशका विपक्षमा रहेकाहरु फेरि जनतालाई भ्रम छर्दै मत माग्न लागिरहेका उल्लेख गर्दै नेता लेखकले तराई मधेशले त्यस्ता प्रवृती र शक्तिलाई निरुत्साहित गर्दै पाखा लगाउनुपर्ने बताए। लेखकले थपे, ' काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैन।भ्रम छर्नेको विश्वास गर्नुहुँदैन।' 

लेखकले तराई मधेशबाटै हुर्किएको काँग्रेसले बाहेक तराई मधेशको समस्या अरुले बुझ्न नसक्ने र हल पनि दिन नसक्ने बताए। 

तराई मधेशमा प्रत्येक बर्ष हुने वाढी र डुवानको समस्यालाई दीर्घकालिन हल खोज्न नेपाली काँग्रेस लागिरहेको पूर्वमन्त्री समेत रहेका लेखकले बताए। उनले भने, ' प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणताका समेत नेपाल भारतको साझा समस्या रहेको डुवानको दीर्घकालिन हल खोज्ने प्रयासका लागि द्धिदेशिय कार्यदलले काम थाल्न सहमति भए अनुसार काम शुरु हुन थालेको बताए। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ