arrow

एर्माले क्युबा ध्वस्त पारेर फ्लोरिडातिर सर्दै

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
irma-hurricane.jpg

क्युबा । समुन्द्री आँधी एर्मा दक्षिण अमेरिकी मुलुक क्युबाको उत्तरी तटीय क्षेत्रमा विध्वंश मच्चाएर विस्तारै बाहिरिँदै गएको छ।

कम्तीमा २४ जनालाई मारेको इर्माले ६३ लाख मानिसलाई असर पार्दै बाहिरिँदै गरेको हो । 

आँधीले घरहरु पूर्ण रुपमा भत्काइदिएको र रुखहरु उखेलिदिएको छ।

अब एर्मा अमेरिकातिर सरेको छ । एर्मा आँधीले मायामीलाई छुनै लागेको छ ।

तर संयुक्त राज्य अमेरिकातिर लाग्दै गर्दा आँधीले पुनः शक्ति आर्जन गर्ने ठानिएको छ।

ठूलो आँधी आउने भनिएको फ्लोरिडाको तटक्षेत्रमा पानीको तह बढिसकेको बताइएको छ।

फ्लोरिडा किइज आइल्याण्डका सडकहरुमा बाढी आएको छ। र तीब्र गतिको हावा बहन शुरु गरेको छ।

आइतबार आइपुग्ने भनिएको एर्मा पहिले भविष्यबाणी गरिएको भन्दा पश्चिमतिर आउने अनुमान गरिएको छ जसले मायामी जस्ता शहर प्रभावित हुनेछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ