arrow

अझ शक्तिशाली हतियार र क्षेप्यास्त्र विकास गर्न किम जोङको निर्देशन

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
kim_jon_neucler_test.jpg

सोल। उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् ।   किमले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएको उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार जानकारी दिएका छन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गरेको  समाचारमा जनाइएको छ ।

उनले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका पछिल्लो समाचारमा जनाइएको छ ।

उक्त रात्रिभोजसँगै  किमले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका छन् । उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको  समाचारमा उल्लेख गरिएको छ ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आजसम्म पनि एक विश्व समाचारकै रुपमा सम्प्रेषण गरिरहेका छन् । ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ