arrow

गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न वार्ता हुँदै, मुख्यमन्त्री बेनर्जी सिलिगुडी

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
gorkhaland1.jpg

सिलिगुडी । लामो समयदेखि गोर्खाल्यान्ड माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारी दलहरुसंग सरकारले वार्ता गर्दैछ । मंगलबार आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच वार्ता हुन लागेको हो । 

मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको जनाइएको छ । वार्ताका लागि मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी पुगिसकेकी छिन् । 

सिलिगुडी वार्तामा गोर्खा जनमुक्ति मोर्चाका दुबै गुट (दुई साताअघि आन्दोलन कसरी लैजाने भन्नेमा मतभेद भएपछि गुट बनेको ), गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने भारतीय संचारमाध्यमले जनाएका छन् । 

यसअघि भने मुख्यमन्त्री बेनर्जीले कुनै पनि हालतमा गोर्खाल्याण्डबारे वार्ता नगर्ने भन्दै आन्दोलनकारीलाई चिंढाएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ