पाँचथर राप्रपामा भाँडभैलो, थाम्सुहाङलाई कारवाही गरी थापालाई बनाइयो अध्यक्ष
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २८ बुधबार
192
Shares
पाँचथर। राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जिल्ला अध्यक्ष अध्यक्ष प्रेम थाम्सुहाङलाई कारवाही गरेको छ । बुधबार सदरमकाम फिदिम स्थित पाटी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी कारवाही गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तेज कुमार कुरुम्बाङले जिल्ला अध्यक्षले पार्टीको हितविपरीत क्रियाकलाप गरेको र अधिकांश पाटीका नेता कार्यकर्ताहरुले अध्यक्ष थाम्सुहाङलाई कारवाहीका लागि सिफारिस गरेको हुँदा भदौ २७ गते बसेको वैठकले उनलाई कारवाही गरी अध्यक्ष बाट निष्काशन गरेको जानकारी गराए।
उनले भने “आफैले बैठकको मिती तोक्नुभयो,पछि बारम्बार उहाँसित सम्पर्क गर्न खोज्दा पनि उहाँ तर्कन खोज्नुभयो,राप्रपा पाटीको हित भन्दा उहाँ बाहिर गएर राप्रपा प्रजातान्त्रिक पाटी सँग नजिक भएको थाहा पाएपछि हामीले कारवाही गरेका हौ ।” यस्तै पाटीले राप्रपाको नयाँ कार्यसमिती समेत चयन गरेको छ ।
नवगठित कार्यसमितीको अध्यक्ष जगत थापा मगर, उपाध्यक्षमा हरिप्रकाश सुवेदी, कमला केरुङ, विश्वेश्वर बेघा, धन बहादुर विक, सचिव निर्मल कुमार श्रेष्ठ, सहसचिव देवी माँया शिवाकोटी, कोषाध्यक्षमा मोहन कुमार दाहाल रहेका छन् ।
थापाको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिती चयन गरेको हो । यता राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष प्रेम थाम्सुहाङले विधानत: बहुमत जिल्ला सदस्यहरु बाहेक अरु कसैले हटाउन नसक्ने भएको बताउँदै अब आफूले चाँडै नयाँ निर्णय गर्ने बताए। राप्रपा प्रजातान्त्रिकले भने जिल्लामा छुटटै कार्यालय संचालन गर्दै आएको छ ।