पाँचथर। ५३ औ बालदिवशको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बिहीबार पोशाक वितरण गरिएको छ। विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिए।
बालमैत्री शासन,बालवालिकाको सम्मान भन्ने नाराका साथ मनाइएको उक्त दिवशमा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले आजका बालवालिकाहरु भोली भविष्यका कर्णधार भएको हुँदा उनीहरुलाई प्रतिभा सिर्जना गर्ने वातावरण बनाईदिन अभिभावक, शिक्षक, विद्यालय परिवारलाई आग्रह गरे ।
कार्यक्रममा उपमेयर उर्मिला प्रधान श्रेष्ठ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर वस्नेत,उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल लगायतले मनतब्य ब्यक्त गरेका थिए । यस्तै दिवशकै अवसर पारेर फिदिम ४ स्थित गढी माविमा पनि सांस्कृति कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिर बहादुर खड्काले गढी माविमा प्रतिभावन बालवालिकाहरु रहेको हुँदा उनीहरुलाई सिक्ने वातावरण बनाईदिने हो भने बालवालिकाहरुको प्रतिभा रहेको बताए।