नावालीका जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी मुद्धा दर्ता
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
608
Shares
पाँचथर । पाँचथर यासोककी नावालिका करणी गर्ने एक यूवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ । पक्राउ पर्नेमा पाँचथर साबिक आङसाराङ ५ हाल फाल्गुनन्द ७ बस्ने ३० बर्षिय राज कुमार आङ्देम्बे रहेका छन् ।
बजार गएको अवस्थामा १२ वार्षिय नावालिकालाई बिभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई बिबाह गर्छु भनि आफ्नो घरमा लगी जबरजस्ती करणी गर्ने प्रयास गरेको हुँदा आङदेम्बेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ परेका आङदेम्बेलाई जबरजस्ती करणी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।